ad ad

राजनीति


कञ्चनपुरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ४ जना घाइते

कञ्चनपुरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ४ जना घाइते

गोकुल जोशी
असार १०, २०७६ मंगलबार १०:६,

कञ्चनपुरको दक्षिणी क्षेत्र डोकेबजारमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।

खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको हो। खानेपानी मन्त्री मगरले आफ्नो क्षेत्रका समस्यालाई शसक्त रुपमा उठाउन नसकेको तथा जनताका काममा ध्यान नदिएको भन्दै कांग्रेसले केही समय चक्काजामा गर्नुका साथै कालो झण्डा देखाएको थियो।

खानेपानी मन्त्री मगर बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्धघाटनका लागि जाने क्रममा डोकेबजारमा झडप भएको हो।

झडपमा परी नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापती गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का, नेपाली कांग्रेसकै कार्यकर्ता विक्रम चन्द सहित ४ जना घाइते भएका छन्। गम्भीर घाइते भएका चन्दको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ।

गुण्डा परिचालन गरी आफुहरुमाथि आक्रमण गर्न लगाएको नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापति उपाध्यायले आरोप लगाए।

नेपाली कांग्रेसले अवरोध गरेको बाटो खोल्ने क्रममा सामान्य विवाद भएको नेकपाका नेता अनन्त चन्दले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .