ad ad

राजनीति


विप्लवको मनमा मप्रति घृणा छैनः प्रचण्ड

विप्लवको मनमा मप्रति घृणा छैनः प्रचण्ड

नेपालखबर
असार १०, २०७६ मंगलबार ९:५०,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को मनमा आफूप्रति घृणा नभएको दावी गरेका छन्।

मंगलबार भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘देशको नेतृत्वकर्ताका हिसाबले मप्रति उनको मनमा घृणा चाहिँ छैन।’

‘साथीहरुले भन्नुभयो, विप्लवलाई असाध्यै नजिकबाट चिन्ने म हुँ’ विप्लवलाई नजिकबाट चिन्नेमध्ये आफू एक भएको बताउँदै उनले भने, ‘शान्तिकालमा आउँदा उहाँ मेरो कार्यालयको मुख्यसचिव भएर काम गरेका कारण पनि उहाँलाई म असाध्यै नजिकबाट चिन्छु।’

विगत सम्झँदै अध्यक्ष प्रचण्डले विप्लवले आफूसँग कहिलेकाहीँ मार्मिक कुरा गर्ने गरेको बताए। एक मिटिङमा विप्लवले आफ्नो समेत दिमाग खलबलिने कुरा गरेको बताउँदै सुनाए, ‘उहाँले के भन्नु भयो भने, कमरेड तपाईले काठमाडौँ त लिएर आउनुभयो तर, मलाई अनुभूति के भयो भने, नुवाकोटको भर्खर कि एउटी तामाङनी केटीलाई काठमाडौँ लगेर म बिहे गर्छु भनेर मुम्बइ पुर्याएजस्तो ‘फिल’ भयो।’

अध्यक्ष प्रचण्डले माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याएर आफूले कसैलाई नझुक्याएको र राम्रो गरेको दावी गरे। ‘मैले कसैलाई पनि मुम्बई लगेको छैन। सबैलाई काठमाडौँमै ल्याएको छु’, उनले भने, ‘यति बुझ्न उहाँलाई केही गर्नुपर्ने थियो, गर्नु भयो, अब धेरै गर्नुहुँदैन।’

उनले आफूले विप्लव मुलधारमा आउने संकेत पाएको दावी समेत गरे। उनले भने, ‘मैले पाएको संकेत अनुसार उहाँ अब तुरुन्तै आउनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .