ad ad

राजनीति


आधा बढी बजेट पूर्वाधार विकासमा

आधा बढी बजेट पूर्वाधार विकासमा

प्रकाश न्यौपाने
पुस ४, २०७६ शुक्रबार १२:३०,

रुपन्देहीको क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको बजेट पूर्वाधार विकासलाई प्रामकितामा राखेर विनियोजन गरिएको छ। कार्यक्रमअन्तर्गतको ६ करोड बजेटमध्ये ३ करोड ६० लाख रुपैयाँ सडक पूर्वाधार विकासमा विनियोजन गरिएको हो। प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा जिल्ला समन्वय समिति, रुपन्देहीमा वसेको वैठकले योजना छनोट गरेको छ।

क्षेत्र नं. १ मा ग्रामीण बस्ती बढी भएकाले यहाँ सडक पूर्वाधारलाई विशेष प्राथमिकता दिएर बजेट छुट्याइएको विश्वकर्माको संसदीय कार्यालयले जनाएको छ। अन्य क्षेत्रको तुलनामा यहाँ भौतिक पूर्वाधार विकास कमजोर छ। त्यसैले सडक निर्माणलाई प्राथमिकतामा राखिएको सांसद विश्वकर्माले जनाए। शैक्षिक संस्था, सामुदायिक भवन निर्माण तथा दलित, विपन्न र अल्पसंख्यक समुदायलाई लक्षित गरि हेण्डपम्प वितरण गर्ने योजना समेत छनौट गरिएको छ।

‘निर्वाचन क्षेत्र नं १ चुरेको फेदीदेखि भारतसम्म जोडिएको छ। त्यसैले सडक पूर्वाधारलाई प्राथमिकता दिएका छौं। अन्य ठाउँमा पनि प्राथमिकतासाथ बजेट छुट्याएकाछौं’, उनले भने। विश्वकर्माकाअनुसार ओमसतिया गाउँपालिकाको वडा नं ४ वसन्तपुर स्थित रामजानकी वुद्ध सामुदायिक भवन निर्माण गर्न ५० लाख, वडा नं १, सिडक निर्माणका निम्ती २० लाख, वडा नं ५, स्थित पटखौली देखी लोधपुर जाने सडक निर्माणमा २० लाख, वडा नं ३, सडक निर्माणका लागि २० लाख तथा वडा नं ६, जमुहानी स्थित निर्माणाधिन शहिद स्मृति सामुदायिक भवन निर्माणका लागि २० लाख छुट्याइएको छ।

रोहिणी गाउँपालिकाको वडा नं. २, स्थित मैनहवादेखि वैरिहवासम्मको पक्की सडक निर्माणका लागि ५० लाख, वडा नं. १ स्थित श्रीरामपुरदेखि चनुलीसम्मको वगाह वेनीपुर जाने पक्की सडक निर्माण गर्न ५० लाख, वडा नं. ४ स्थित सुईलीहवा गाउँको पक्की सडक निर्माणका लागि १५ लाख, वडा नं. ४ वघेला पुलदेखि तरकुल्लाह गाउँ हुँदै पकडीहवा टोल जाने सडक निर्माणमा १० लाख छुट्याइएको छ। वडा नं. ६ मा पीसीसी बाटो निर्माणका १५ लाख, विपन्न, दलित, अल्पसंख्यकवर्ग समुदायका लागि साझेदारीमा हेण्डपाइप उपलब्ध गराउन १० लाख विनयोजन गरिएको छ।

तिलोत्तमा नगरपालिकाको वडा नं. १६ स्थित पशुपति आदर्श क्याम्पसको प्रशासनिक भवन निर्माणका लागि ५० लाख, वडा नं १५, मधवलिया स्थित गुरुङ समाज भवन जाने सडक निर्माण गर्न २० लाख, वडा नं ७ भलवाडीस्थित दल्का पक्की सडक निर्माणका लागि २० लाख, वडा नं १२ तुकतुकिया वर्मेली टोलस्थित संजीवनी सामुदायिक भवन निर्माण गर्न २० लाख, वडा नं ८ मा नाली निर्माण गर्न १५ लाख, वडा नं ९ मा भवन निर्माण गर्न २० लाख विनियोजन गरिएको छ।

देवदह नगरपालिका वडा नं. १ मा सडक निर्माण गर्न ५० लाख, वडा नं. ८ देखि नं. ३ जोड्ने पक्कीसडक निर्माण गर्न ५० लाख, वडा नं. ५ र ३ मा पक्की सडक निर्माण गर्न २०÷२० लाख, वडा नं. ९ भलुहीस्थित आदर्श टोल हुँदै जागृतिपथ जाने पक्की सडक निमार्ण गर्न २० लाख र वडा नंं. ५ देवदह लायन्स आँखा अस्पताल भवन निर्माणका लागि १५ लाख विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .