नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ।
पूर्वप्रधानमन्त्री भट्टराई र नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राउतबीच सोमबार भेटवार्ता भएको हो।
भेटवार्ताको तस्बिर भट्टराईले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।
‘जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल,’ उनले लेखेका छन्।
भट्टराईले संविधान निर्माणका क्रममा संवैधानिक समितिको सभापतिको हैसियतमा आफूले राउतसँग भेटेको स्मरण पनि गरेका छन्।
‘मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुशी,’ उनले भनेका छन्।
195
Shares
प्रतिक्रिया