ad ad

राजनीति


बारले माग्यो संसदका महासचिव गौतमको राजीनामा

बारले माग्यो संसदका महासचिव गौतमको राजीनामा

नेपालखबर
मंसिर २१, २०७९ बुधबार १७:५६, काठमाडौँ

नेपाल बार एसोसिएसनले संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा मागेको छ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनाल विज्ञप्ति निकालेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बनको पत्रलाई निष्प्रभावी भएको भनेर पत्राचार गरेको भन्दै राजीनामा मागेका हुन्। 

‘संसदका महासचिवको यो कार्यबाट नेपालको संविधान, ऐन, कानुन तथा संसदीय मूल्य-मान्यताको उल्लंघन भएको हुँदा पत्राचार गरिएको कार्यउपर नेपाल बार एसोसिएसन गम्भीर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः त्यस्तो शून्यप्रभाविपत्र कार्यान्वयन नगर्न नेपाल बार एसोसिएसनसम्वद्ध निकायको ध्यानाकर्षण गर्दछ। साथै संविधान र कानुनविपरीत काम गर्ने त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्न नेपाल बार एसोसिएसन माग गर्दछ।’

जबरा यही मंसिर २७ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र संसद सचिवालयले दिएपछि बार आक्रोशित भएको हो। 

महासचिव गौतमले पत्र दिएपछि जबरा बुधबार दिउँसो सर्वोच्च जाने तयारी थिए। तर सरकार र वकिलहरुको अवरोधका कारण उनी सर्वोच्च जान सकेनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .