सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकर्फ २९ जना महिला र ३ जना पुरुष समावेश गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सो निर्णयको औपचारिक जानकारी गराइँदैछ।
शनिबार दिउँसो १ बजेका लागि तय भएको बैठक बिहान साढे ९ बजे नै बोलाइएको थियो।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूको नाम बुझाउने अन्तिम मिति आजसम्मलाई दिएको छ। जसअघि पार्टीको बैठक बसेर समानुपातिकर्फको सूचीबारे आयोगलाई जानकारी गराउन लागिएको हो।
प्रतिनिधिसभातर्फ दोस्रो ठूलोे पार्टी बन्दै कांग्रेसले ३२ जना समानुपातिक सांसद पाउने भएको छ। जस अनुसार २९ महिला र ३ जना पुरुष पठाउने निर्णय गराउनेगरी अहिले कांग्रेस नेताहरू आन्तरिक छलफलमा छन्।
प्रदेश १ मा १० महिला सहित २ पुरुष, मधेश प्रदेशमा ८ महिला सहित १ पुरुष, बागमती प्रदेशमा ११ महिला सहित १ पुरुष, गण्डकी प्रदेशमा ९ जना महिला १ जना अल्पसंख्यक,लुम्बिनी प्रदेशमा ९ महिला सहित १ पुरुष र १ जना अल्पसंख्यक, कर्णाली प्रदेश ५ महिला र २ जना पिछडिएको क्षेत्रबाट, सुदुरपश्चिम प्रदेशमा ७ जना महिला र १ जना पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी कांग्रेसले निर्णय गरेको हो।
Shares
प्रतिक्रिया