नेपाली कांग्रसका नेता अर्जुनरसिंह केसीले वर्तमान समयमा आएका चुनौतीहरुलाई समाधान गर्नेगरी समावेशीतालाई ध्यानमा राखेर समानुपातिक सांसदहरूको सूची टुंगो लाग्नपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै नेता केसीले भने, ‘अहिले हामीमाथि जुन चुनौती आएका छन्। त्यसलाई सम्बोधन गर्न समावेशी संरचनालाई ख्याल गरेर अन्तिम निर्णयमा पुगौं भन्ने मेरो भनाई छ’
अहिलेको समग्र परिस्थिति समावेशी चरित्रलाई कसरी संयोजन गर्न सकिन्छ भन्नेबारेमा बैठकमा महामन्त्री गगन कुमार थापाले भनाई राखेको उनले जानकारी दिए।
‘मैले सबैभन्दा ठूलो कुरा नेपालको संविधानको धारा ८४(२) मा फोकस गरिएको छ,’ केसीले भने, ‘जसमा महिला, दलित र मुस्लिम समुदायको प्रतिनिधित्व गर्नका लागि सुनिश्चित गरेको छ।’
दलित र मुस्लिम समुदायका उम्मेदवारहरुलाई प्रत्यक्षमा प्राथमिकता नदिएको कारणले पनि समानुपातिकमा ठाउँ दिनपर्ने उनले बताए। ‘१ नम्बर क्लस्टरहरुलाई प्रतिनिधित्व गर्दा देशभरबाट हामीले दलीत र मुस्लिम उम्मेदवारको रुपमा नभएको हुनाले त्यो समुदायलाई ध्यानमा राखेर गर्नुपर्छ भनेको छु,’ केसीले भने, ‘बागमती प्रदेश तामाङ बाहुल्यता भएको प्रदेश हो, यहाँ १ जनापनि तामाङ समुदाय प्रतिनिधित्व नहुने कुरा हुँदैन्।’
कांग्रेसले समानुपातिकमा २९ महिला र ३ पुरुष पठाउने, कुन प्रदेशबाट कति?
पाँच दलीय गठबन्धन र प्रधानमन्त्री आफ्नै पार्टीको हुँदा पनि लोकप्रिय मत घटेको बताउँदै उनले भने, ‘यी चुनौतीको बिचमा समावेशी संरचनालाई ख्याल राखेर अन्तिम निर्णयमा पुगौं भन्ने मेरो निर्णय हो।’
Shares
प्रतिक्रिया