ad ad

राजनीति


पुस ५ को निर्णयलाई रोक्दा १६ महिना खेर गयो, झनै अस्थिरता बढ्यो : ओली

पुस ५ को निर्णयलाई रोक्दा १६ महिना खेर गयो, झनै अस्थिरता बढ्यो : ओली

एमालेको बधाई कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ५, २०७९ मंगलबार १४:१७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षअघि आजैका दिन (२०७७ पुस ५ गते)  आफूले गरेको संसद विघटनलाई रोक्दा देश झनै अस्थिरतातिर गएको बताएका छन्। 

मंसिर ४ को निर्वाचनबाट समानुपातिकतर्फ पहिलो दल भएपछि मंगलबार आयोजित काठमाडौंमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो उक्त कदम सही रहेको जिकिर गरेका हुन्। 

'अनुचित लेनदेनका खेलहरु प्रारम्भ भएपछि स्थिरताका लागि पुस ५ गते ताजा जनादेशमा गएका थियौँ', उनले भने, 'देशलाई कसैले पछाडि धकेल्न नसकोस भनेर संसद विघटन गरेका थियौँ। तर त्यसबेला पुरानो जनादेश अस्वीकार गर्ने, नयाँ जनादेशमा जान नदिने काम भयो।'

ओलीले देशलाई ताजा जनादेशमा लानु पर्छ भन्ने आफ्नो निर्णय सही रहेको पनि बताए। 'त्यसबेला देशमा अस्थिरतासहितका सबै कुरा रोक्न खोजेका थियौँ', उनले भने, 'तर त्यसलाई अस्वीकार गरेर के भए बितेका १६ महिनामा? आज देश अस्थिरतातर्फ गयो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .