ad ad

राजनीति


एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

नेपालखबर
पुस ५, २०७९ मंगलबार १७:३५, काठमाडौँ

नेकपा एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्।

एमालेका अध्यक्षसमेत रहेका उनलाई दलको नेता बनाउन उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेका थिए।

प्रज्ञा भवन कमलादीमा भएको संसदीय दलको बैठकका क्रममा उक्त प्रस्तावमा अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन गरेपछि ओली दलको नेतामा सर्वसम्मत चयन भएका हुन्। 

एमालेले मंसिर ४ मा निर्वाचित सांसदरुका लागि मंगलबार प्रज्ञा भवनमा विशेष कार्यक्रम राखेको छ।

उक्त कार्यक्रममा निर्वाचित सांसदहरुलाई बधाई दिइएको छ। यसका साथै समानुपातिकतर्फ लोकप्रिय पहिलो मत दिएको भन्दै एमालेले मतदातालाई पनि धन्यवाद दिएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अनेक षड्यन्त्र र बुथ कब्जाबीच एमालेले देशको लोकप्रिय पार्टी भएको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .