ad ad

राजनीति


नयाँ सांसदलाई बाबुरामको सुझाव : आफूलाई ‘माननीय’ नभन्नू

नयाँ सांसदलाई बाबुरामको सुझाव : आफूलाई ‘माननीय’ नभन्नू

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १९:५१, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित नयाँ सांसदलाई आफूलाई माननीय नभन्न सुझाव दिएका छन्। 

सामाजिक सञ्जालमार्फत भट्टराईले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै चार वटा सुझाव दिएका छन्। 

‘नयाँलाई केही सुझाव’ दिँदै उनले लेखेका छन्, ‘१) संसद जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो भन्ने बुझ्ने, २) सांसदको प्रमुख काम विधायिकी हो भन्ने बुझेर विधेयकमाथि दफावार छलफल हुने संसदीय समितिमा सधैँ उपस्थित हुने, ३) एनजीओलाई भन्दा पुस्तकालय रोज्ने ४) आफूलाई माननीय नभन्ने!’

संविधानसभा र प्रतिनिधि सभामा गरी लगातार तीन पटकसम्म निर्वाचित भट्टराई यसपटक भने निर्वाचनमा प्रतिस्पर्धा गरेनन्। उनले आफ्नो क्षेत्र गोरखा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सुम्पिएर छोरी मानुषीलाई काठमाडौंबाट उठाएका थिए, तर उनी पराजित भइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .