उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।
पुराना वर्ग (वर्ष)को बिदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले हर्षोल्लासका साथ मनाउने तमू ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सातै प्रदेशमा संविधानबमोजिम छिट्टै सरकार बन्नेमा पूर्ण विश्वससमेत उनले व्यक्त गरे।
‘तमु (गुरुङ) समुदायको सांस्कृतिक चाड तमुल्होसार २०७९ का अवसरमा तमु दिदीबहिनी, दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ।
45
Shares
प्रतिक्रिया