गृहमन्त्री रवि लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्न तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गरेका छन्।
उनले शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा भेटेर प्रतिवेदन पेस गरेका हुन्।
‘माननीय गृहमन्त्रीज्यूले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्ट पेस गर्नुभएको थियो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए।
उनले भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेलाई नागरिकलाई सुशासन र सुरक्षा प्रत्याभूत हुने गरी कार्य अघि बढाउन निर्देशनसमेत दिएको बताए।
‘सम्माननीय प्रधानमन्त्रीज्यूले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन निर्देशन दिनुभयो,’ सूर्यकिरणले भने।
432
Shares
प्रतिक्रिया