ad ad

राजनीति


कांग्रेसले सरकारी उद्योग निजीकरण गर्दा समस्या आयो : वामदेव गौतम

कांग्रेसले सरकारी उद्योग निजीकरण गर्दा समस्या आयो : वामदेव गौतम

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०७९ मंगलबार १९:३१, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाएका छन्। 

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएका हुन्। 

कांग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगहरुलाई अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको बताए।

उनले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताएका छन्। 

सांसद गौतमले वर्तमान सरकारले मुलुकभित्रै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताएका हुन्। 

उनले नेपालमा सम्पूर्ण खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले मुलुक गरिबी भएको भन्दै चिन्ता व्यक्त गरे। 

उनले अहिले विश्वका अन्य देश भन्दा अर्थतन्त्रमा पछाडि परेको बताए। सांसद गौतमले अब सबैले समावादी उत्पादन,वितरणमा सरकारले जोड दिन आवश्यक रहेको बताए। 

उनले सरकारले मुलुक भित्र उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न सक्नुपर्ने बताए। उनले खाद्यन्न,फलफूल,औषधि लगायत उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्नसके मुलुक भित्र नै रोजगारी समेत सिर्जना हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .