ad ad

राजनीति


रक्षामन्त्री भन्छन्: ट्रस्टलाई नाफा हुने भएपछि गोकर्ण रिसोर्टको लिज अवधि थपिएको हो

रक्षामन्त्री भन्छन्: ट्रस्टलाई नाफा हुने भएपछि गोकर्ण रिसोर्टको लिज अवधि थपिएको हो

नेपालखबर
पुस १०, २०७६ बिहिबार ६:४७,

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टलाई फाइदा हुने भएपछि नै गोकर्ण रिसोर्टको लिज अवधि थपिएको दाबी गरेका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रस्टको अध्यक्ष समेत रहेका पोखरेलले नेपाल ट्रस्ट ऐन र नियमावली अनुसार नै भाडामा दिइएको बताए।

‘राष्ट्रहित अनुकूल र राष्ट्रलाई फाइदा हुने देखिएमा अवधि समाप्त हुनु अघि लिजको अवधि थप गर्न सक्ने काननी व्यवस्था छ,’ उनले भने, ‘ट्रस्टको सिफारिसअनुसार मन्त्रिपरिषदले लिजको म्याद थप्न सकिने व्यवस्था छ।’

यी ऐन र नियमावली सरकारले नभई संसदले नै औपचारिक रुपमा संशोधन गरिएको पनि उनको भनाइ थियो।

२०५२ मा गोकर्णको २७९३ रोपनी जग्गा फरेस्ट रिर्साट निर्माण गर्न ३० वर्षका लागि लिज सम्झौता भएको थियो। यो सम्झौताको म्याद पाँच वर्ष बाँकी रहँदै पुन सरकारले म्याद थपेको थियो।

उनले सोलोडोलो कुरा गरेर सरकारको आलोचना होइन, मुद्दामा केन्द्रित भएर सरकारी कामको समर्थन र विरोध गर्न पनि सांसदहरुलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .