ad ad

राजनीति


पाल्पा दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीको अपिल– सार्वजनिक यातायात सुरक्षित बनाऔँ

पाल्पा दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीको अपिल– सार्वजनिक यातायात सुरक्षित बनाऔँ

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०७९ शुक्रबार ८:४४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएराति पाल्पामा भएको बस दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

सँगसँगै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन पनि सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।  

‘गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .