नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्ने पक्का भएपछि माओवादी नेता सुदन किराँतीले आफ्ना बुवासँगको वार्तालाप साझा गरेका छन्। सामाजिक सञ्जालमार्फत बुवासँग भेटेको तस्बिर राख्दै किराँतीले ‘डाँडाको जुन घाम जस्तै बुवासँग कुराकानी’ सार्वजनिक गरेका हुन्।
आफूले मन्त्री बनेको खबर बुवालाई सुनाउँदा सपना हो कि विपना हो? भनेर सोधेको सुदनले उल्लेख गरेका छन्। ‘हँ’होइन कुन मन्त्री? राम राम राम साँच्चै हो? होइन यो सपना होकि बिपना हो?’ उनका बुवाले सोधेको प्रश्नसहित जवाफमा किँरातीले भनेका छन्, ‘हो बुवा साँच्चै हो बिपना नै हो।’
बुवाले अहिलेसम्म वंशमा कोही वडाअध्यक्षसम्म नभएको बताउँदै राम्रो गर्न आफूलाई सुझाव दिएको किराँतीले बताएका छन्।
690
Shares
प्रतिक्रिया