मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अमनलाल मोदी माओवादी केन्द्रबाट मन्त्री बन्ने भएका छन्। उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको माओवादी निकट स्रोतले जानकारी दिएको छ।
नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी भइरहेको छ। प्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री लिएको माओवादी केन्द्रले मोदीलाई पनि मन्त्री बनाउने भएको हो।
त्यस्तै, पर्यटनमन्त्रीमा सुदन किराँती र सञ्चारमन्त्रीमा रेखा शर्माको नाम निश्चित भइसकेको छ। राज्यमन्त्रीको नाम भने अहिलेसम्म फाइनल भइसकेको छैन।
123
Shares
प्रतिक्रिया