प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बालुवाटार पुगेका हुन्। बिहीबार (५ माघ) बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पौडेल बालुवाटार पुगेका हुन्।
उनीहरुबीच समसामयिक राजनीति र जिल्लाका आयोजनाहरुका विषयमा छलफल भएको पौडेलको सचिवालयले बताएको छ।
प्रतिनिधिसभामा आज सभामुखको निर्वाचन हुँदैछ। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने उम्मेदवारी दिएको छ।
प्रतिनिधिसभाको बैठक अहिले ११ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री र पौडेलबीच भेटवार्ता भएको हो।
सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसलगायत दलबाट सांसद ईश्वरीदेवी न्यौपाने उम्मेदवार छन्।
186
Shares
प्रतिक्रिया