ad ad

राजनीति


‘हत्या अभियोग लागेका सांसदले सभामुखको निर्वाचनमा भाग लिन पाउँछ?’

‘हत्या अभियोग लागेका सांसदले सभामुखको निर्वाचनमा भाग लिन पाउँछ?’

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार ११:४८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले हत्यामा अभियोग चलेका सांसद पनि संसद बैठकमा भएको भएको भन्दै सभामुख निर्वाचनमा भाग लिन पाउने वा नपाउनेबारे निर्णय गर्न माग गरेका छन्। 

‘सभामुखमा निर्वाचन चलिरहँदा हत्याको अभियोग लागिरहेका सांसद पनि यहीँ हुनुहुन्छ भन्ने सुन्नमा आएको छ’, बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै खतिवडाले भने, ‘म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, हामी उहाँ यहाँ हुनुहुन्छ वा हुँदैन भन्ने चिन्दैनौं। यदी हुनुहुन्छ भने, उहाँको मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने भन्ने निर्णय गरेर मात्र सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु। ’

ज्यान मुद्दामा ‘फरार अभियुक्त’ को सूचीमा रहेका सांसद लक्ष्मी महतो बैठकमा सहभागी भएको भन्दै उनले आपत्ति जनाएका हुन्। 

महतोमाथि २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ। उनी अझै फरार अभियुक्तको सूचीमा छन्।

मधेशवादी दलमा रहेर राजनीति गर्दै आएका महतो गएको निर्वाचनको मुखमा एमाले प्रवेश गरी महोत्तरी १ बाट निर्वाचित भएका थिए। 

उनले माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .