ad ad

राजनीति


कांग्रेसलाई गृहमन्त्रीको जवाफ : विधि र पद्धतिबाहिर जान्न, दबाब नदिनू

कांग्रेसलाई गृहमन्त्रीको जवाफ : विधि र पद्धतिबाहिर जान्न, दबाब नदिनू

संसदमा बोल्दै गृहमन्त्री रवि लामिछाने। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १२:१३, काठमाडौँ

गृहमन्त्री रवि लामिछानेले कानुन कार्यान्वयनका लागि दबाब नदिन आग्रह गरेका छन्।

बिहीबार सभामुख चयनका लागि भएको प्रतिनिधिसभाको बैठकमा सांसद देवराज घिमिरेको पक्षमा मत माग्दै उनले यस्तो बताएका हुन्।

बैठकको सुरुमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या आरोपी सांसद उपस्थित रहेको भन्दै पक्राउ गर्न माग गरेका थिए।

तर उनको कुराको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले दबाब नदिन भनेका हुन्। 

'माननीयज्यू (रामहरि खतिवडा) ले फरार रहेका मानिस संसदमा हुनुहुन्छ पक्राउ गर्नुस् भन्नुभयो। विधि र पद्धतिबाट बाहिर गएर गृहमन्त्रालय दायाँ बायाँ गर्दैन', उनले भने, 'प्रक्रियाबाट गृहमन्त्रालय बाहिर जाँदैन। कर्मचारी सरुवा बढुवामा पनि विधि बाहिर जान्न। गृहमन्त्रालय आफ्नो प्रतिवद्धतामा टसमस भएको छैन।'

उनले गृहको कामलाई कसैले पनि प्रभावित नगर्न आग्रह गरे। 'यसलाई प्रभावित पार्न कुनै किसिमको दबाब र प्रभाव आउने छैन', उनले भने, 'विधि र पद्धतिभन्दा बाहिर जाँदैनौँ। कानुन र नियम पालना गर्छौँ भन्ने हो। म यसमा प्रतिवद्ध रहेको सबैलाई आग्रह गर्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .