ad ad

राजनीति


कांग्रेस सांसद रामहरी खतिवडा भन्छन्- गृहमन्त्रीबाट केटाकेटीपन प्रदर्शन भयो

एमाले सांसद महतोबारे प्रश्न उठाउँदै भने- प्रहरी प्रशासनले टेर्न छाडेको हो?
कांग्रेस सांसद रामहरी खतिवडा भन्छन्- गृहमन्त्रीबाट केटाकेटीपन प्रदर्शन भयो

फाइल तस्बिर।


नेपालखबर
माघ ७, २०७९ शनिबार १३:२२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लेखेका पत्र सार्वजनिक गरेकोप्रति आपत्ति जनाएका छन्। 

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा आपत्ति जनाएका हुन्। गृह मन्त्रालयले शुक्रबार साँझ मात्रै एक विज्ञप्ति जारी गरेर पटक पटक आग्रह गर्दापनि प्रहरीले सांसद महतोलाई पक्राउ नगरेको भन्दै ध्यानाकर्षण जनाएको थियो। 

सो विषयमा आपत्ति जनाउँदै सांसद खतिवडाले प्रश्न गरेका छन्, ‘प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने हो भने गोपनियताको हक कहाँ रहने भयो?’

साथै, मन्त्रालयले शुक्रबार निकाले उक्त विज्ञप्ति जनतालाई नाटकको रुपमा प्रस्तुत गरेको टिप्पणी गरे्का छन्। ‘जनता र संसदलाई मुर्ख बनाउन नखोजियोस्,’ खतिवडाले भने।

उनले प्रेस विज्ञप्ति निकादै जाने परम्परा सुरु भएको उनले संवेदनशिल विषयमा केटाकेटीपन प्रदर्शन भएको पनि बताए। 

‘प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरुवात भएको छ। यो गृहमन्त्रालयको पदबहाल गर्नुभएका धेरै सांसदहरु यहाँ हुनुहुन्छ,’ सांसद खतिवडाले भने, ‘गृह मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्दै जाने हो भने मुलुक कहाँ जान्छ? गृहमन्त्री बाल केटाकेटीपनको प्रदर्शन गर्नु भएन? के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनलाई टेर्न छाडेको हो? के अझैपनि जनतालाई ढाट्न यो सूचना प्रकाशित गरिएको हो? सुत्न गएका कर्मचारीलाई बोलाएर विज्ञप्ति निकाल्न लगाएर अपराधी पक्रन सकिन्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .