ad ad

राजनीति


सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक : थपलिया

सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक : थपलिया

नेपालखबर
माघ १२, २०७९ बिहिबार १६:११, काठमाडौँ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्। 

बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन? भनि प्रश्न समेत गरे।

उनले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतहः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्रह गरे। त्यसो भयो भने अनुगमनको काम गर्न प्रेस काउन्सिल नेपाललाई सहज हुने उनको भनाई थियो। 

थपलियाले भने, ‘मलाई प्रेस काउन्सिल नेपालप्रति चाहिँ एउटा अनुरोध के छ भने अहिले हामीले जुन प्रतिवेदन गर्यौं। प्रतिवेदनमा नाईटी प्रतिशत कुरा यिनै होलान। हामीले यस्तो सफ्टवेयर डेभलप्ट गर्नु पर्छ अनाधिकृत रुपमा प्रकाशित, प्रसारित हुने विषय त हामी के गर्न सकौला र। आधिकारिक रुपमा प्रशारण हुने विषय प्रशारण हुनसाथ स्वतहः प्रेस काउन्सिल नेपालको त्यो सफटवेयरमा स्वत: आउने व्यवस्था हुनु पर्यो। यो प्रणाली उहाँहरुले डेभलप्ड गरिसक्नु भएको छ भने त्यो हेर्नका निमित्त एउटा डेडिकेटेट टिम बनाईदिने वित्तिकै रेडियोले के भने, अनलाइनमा कहाँ आयो, छापा माध्याममा के आयो? सामाजिक सञ्जालले के बोल्यो? भन्ने आउँछ।’ 

उनले थपे, ‘अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यामको रुपमा स्थापित हुन खोज्दैछन्। यीनलाई कहाँ, कसले हेर्ने हो? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन? त्यो अर्को पाटो हो। तर यसलाई पनि अब समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन। एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नु पर्छ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .