ad ad

राजनीति


देवेन्द्र पौडेल भन्छन् : एमालेसँगको सहमतिको कोर्षमै छौँ, तर कांग्रेसलाई बाइपास गर्न सकिँदैन

देवेन्द्र पौडेल भन्छन् : एमालेसँगको सहमतिको कोर्षमै छौँ, तर कांग्रेसलाई बाइपास गर्न सकिँदैन

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०७९ बिहिबार १७:९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपति निर्वाचनका लागि यसअघि सात दलीय गठबन्धनबीचको सहमतिमा आफूहरु यथावत रहेको बताएका छन्। 

पुस १० गते सात दलबीच भएको सहमति अनुसार एमालेले राष्ट्रपति लिने बिन्दुमै आफूहरु भए पनि सकेसम्म सबै दलबीच सहमति जरुरी रहेको उनले बताए।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको स्थायी समिति बैठकपछि उनले यस्तो बताएका हुन्।

'एमालेबाहेक राष्ट्रिय सहमति भनेका छैनौँ। एमाले, नेपाली कांग्रेस र माओवादीसहित सहमति गरेर जानुपर्छ भनेका हौँ', उनले भने, 'हामी एमालेसँगको सहमतिकै कोर्षमा छौँ। तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसलाई पनि बाइपास गरेर जानु हुँदैन।'

उनले पुस १० गते बनेको सहमतिको कोर्ष परिवर्तन नभएको पनि दोहोर्‍याए। 'कोर्ष चेन्ज भएको छैन। सदनभित्र भएका अधिकांश दलले प्रधानमन्त्रीलाई विश्वासको मत हाले', उनले भने, 'सल्लाहले नै राष्ट्रपति चुनियो भने राम्रो हुन्छ। पार्टीविशेषलाई बाइपास गरेर राष्ट्रपति चुन्न सकिँदैन।'


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .