नेपालमा उत्तर कोरियाली नागरिकले चलाउँदै आएको व्यवसाय बन्द गरेपछि अमेरिकी राजदूतले सरकारको सराहना गरेका छन्।
‘संयुक्त राष्ट्रसंघको संकल्प पालना गर्दै उत्तर कोरियाली व्यवसाय बन्द गर्ने नेपाल सरकारको कदमको सराहना गर्छु,’ राजदूत र्यान्डी बेरीले ट्विटरमा लेखेका छन्।
गत असोजयता नै सरकारले उत्तर कोरियाली व्यवसायीको भिसा थपेको थिएन। अटेर गरेर बसिरहेका १० जनालाई पनि मंसिर २९ मा सरकारले डिपोर्ट गरेको थियो।
यो पनि:
प्रतिक्रिया