ad ad

रोचक


अम्पाएरले औँला उठाएर नाक कन्याउन थालेपछि बिग ब्यास खेलमा दुविधा (भिडिओ)

अम्पाएरले औँला उठाएर नाक कन्याउन थालेपछि बिग ब्यास खेलमा दुविधा (भिडिओ)

नेपालखबर
पुस १४, २०७६ सोमबार ७:३४,

अस्ट्रेलियाको मार्भल स्टेडियममा आइतबार राति घरेलु क्रिकेट बिग ब्यास लिग चलिरहेको थियो।

एडिलेड स्ट्राइकर्सका स्पिनर रासिद खान बालिङ गरिरहेका थिए। क्रिजमा थिए मेलबर्न रिनेगेड्सका ब्यााट्सम्यान बु वेब्स्टर।

रासिदले बल फ्याँके। त्यो वेब्सटरको गोडामा लाग्यो र अन्यत्र गयो। लगत्तै अम्पाएर ग्रेग डेविडसनले चोर औँलो उठाए। रासिद आफूले विकेट खसाएको मानेर मख्ख परे भने वेब्स्टर लेग बिफोर विकेटमा परी आउट भएकोमा दुःखी हुन थाले।

तर, अम्पाएरले औँले लगेर नाक कन्याउन थाले। उनले विकेट होइन भनेर स्पष्ट पनि पार्नुपर्‍यो।

खेलपछि अम्पाएरले आफूले पहिले आउट दिन थालेको तर बीचमै निर्णय परिवर्तन गरेको स्पष्ट पारे।

सामाजिक सञ्जालमा यसलाई नोजगेट भनेर चर्चा गरियो। यो बिगब्यास लिगको इतिहासमै सबैभन्दा अनौठो घटना भएको थुप्रैले बताए।

ब्याट्सम्यान वेब्स्टरले नटआउट ३६ रन बनाए पनि उनको टोली रिनेगेड १८ रनले पराजित भयो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .