ad ad

राजनीति


भारतीय विदेश सचिवको भ्रमण, यी एजेन्डामा छलफल हुने

भ्रमणको नेपाल र भारतद्वारा संयुक्त घोषणा
भारतीय विदेश सचिवको भ्रमण, यी एजेन्डामा छलफल हुने

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०७९ शुक्रबार १४:४४, काठमाडौँ

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा फागुन १ देखि ३ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। 

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एक्साथ भ्रमण मिति घोषणा गरेका हुन्। 

विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हो। 

'दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो। भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ,' भारतीय विदेश मन्त्रालयले भनेको छ। 

विदेश मन्त्रालयले भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको जनाएको छ।

'यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ', भारतीय विदेश मन्त्रालयले भनेको छ, 'यो भ्रमणले हामीबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्नेछ।' 

परराष्ट्र मन्त्रालयले काठमाडौंमा जारी गरेको वक्तब्यमा नेपाल र भारत कनेक्टिभिटी, विद्युत व्यापार, कृषि, स्वास्थ्य, र संस्कृति लगायत विषयमा छलफल हुने उल्लेख छ।

'यो उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरता हो। भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध अझै बिस्तार र गहिरो बनाउन अवसर मिल्नेछ', परराष्ट्रले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .