ad ad

राजनीति


राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे एकै धारणा बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे एकै धारणा बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार ७:५६, काठमाडौँ

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (आइतबार) बस्दै छ। 

राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन  संयन्त्रको बैठक बस्न लागेको हो। 

बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ। यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको  थियो।

जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी  र जसपा उपस्थित भएनन्। 

आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुँदै छ।

सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .