ad ad

राजनीति


रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठक सुरु, सरकारमा जानेबारे छलफल हुने

रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठक सुरु, सरकारमा जानेबारे छलफल हुने

नेपालखबर
फागुन १, २०७९ सोमबार १६:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक सुरु भएको छ। 

बैठक पार्टी केन्दीय कार्यालय बसुन्धारामा ४ बजेबाट सुरु भएको हो। बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा छलफल गर्नुका साथै समसामयिक राजनीति र संगठन बिस्तारबारे छलफल हुने पनि बताइएको छ।

रास्वपा रवि लामिछानेको नागरिकता मुद्दामा उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो। यद्यपी सरकारलाई समर्थन भने जारी राखेको छ।

आजको बैठकमा सत्तारुढ दलहरुले सरकारमा सहभागी हुन आह्वान गरेकाले सो विषयमा पनि छलफल गर्ने बताइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .