नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिका लागि नेकपा एकीकृत समाजवादी पार्टीले पनि दाबी गरिरहेको बताएका छन्।
पुरानो पाँच दलीय गठबन्धनका शीर्ष नेताको शुक्रबार बालुवाटारमा तीन घण्टासम्म बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि खड्काले यस्तो बताएका हुन्।
यसअघि शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको सन्दर्भमा खड्काले यस्तो बताउका हुन्।
खड्काले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच कुरा मिल्ने गरि चलफल भए पनि निर्णय भइनसकेको बताएका छन्।
'हामीले राष्ट्रपति र उपराष्टपतिकै विषयमा केन्द्रित रहेर छलफल गर्यौँ,' खड्काले नेपालखबरसँग भने, 'राष्ट्रपतिमा समाजवादीको पनि दाबी छ तर ५ बजेभित्र एउटा टुंगोमा पुग्छौँ।'
132
Shares
प्रतिक्रिया