राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य झुपबहादुर विक नेपाली कांग्रेस प्रवेश गरेका छन्।
बाँकेको कोहलपुर नगरपालिकाद्वारा आयोजित नगर सम्मेलनमा प्रतिनिधिसभा सदस्य तथा युवा नेता प्रदीप पौडेलले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए।
विकसहित सोही नगरपालिकामा एमालेको तर्फबाट उपमेयर पदकी प्रत्यासी अस्मिता थारु लगायत कांग्रेस प्रवेश गरेका थिए।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै नेता पौडेलले स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस पहिलो दल भएको दाबी गरे। कांग्रेस विपक्षबाट सत्तामा जाने सम्भावना बढेर गएको भन्दै पौडेलले स्थानीय तहका सरकारले धेरै काम गर्नुपर्ने बताए।
कांग्रेसको नेतृत्वले कमजोरी गरेको स्वीकार्दै पार्टीविरुद्ध मोर्चाबन्दी भएको उनले स्वीकारे। ‘नेतृत्वले रणनीतिक हिसाबबाट मनन गर्नुपथ्र्यो, त्यो गल्ती सच्चिने स्थिति बनेको छ,’ पौडेलले भने।
Shares
प्रतिक्रिया