ad ad

राजनीति


सूचनासम्बन्धी विधेयक सच्याएर अगाडि बढ्न सरकारलाई कांग्रेसको आग्रह

सूचनासम्बन्धी विधेयक सच्याएर अगाडि बढ्न सरकारलाई कांग्रेसको आग्रह

नेपालखबर
पुस १६, २०७६ बुधबार १०:२३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार नेपाली नागरिकका स्वतन्त्रता र अधिकारलाई कुण्ठित गर्ने र जनताका मौलिक हक तथा संविधानका प्रावधानका प्रतिकूल नीति नियम बनाउन तल्लीन रहेको आरोप लगाएको छ।

 बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति प्रकाशित गर्दै नागरिक स्वतन्त्रता र संविधान प्रतिकूल हुने गरी ऐन नियम बनाउने सरकारकाे कदमप्रति विरोध जनाएका छन्।

नेपालको संविधानले नेपाली नागरिकको स्वतन्त्रता, नागरिक अधिकार, नागरिकका मौलिक अधिकारको सुचिश्चितता गरेको भन्दै सरकार संंविधानविरोधी बाटोबाट अगाडि बढीरहेको आरोप विज्ञप्तिमा लगाइएको छ। ‘कुनै पनि वाहानामा आम नागरिकका स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐन नियम बनाउने सरकारको कदम प्रति नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

विकास तथा प्रविधि समितिबाट अगाडि बढाइएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नेपाली नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार हनन् हुने हुँदा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्चाएर मात्र अगाडि बढ्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .