ad ad

राजनीति


सुखी नेपाली अभियानमा एमालेकै जनप्रतिनिधि लाग्नुपर्छ : प्रदीप ज्ञवाली

सुखी नेपाली अभियानमा एमालेकै जनप्रतिनिधि लाग्नुपर्छ : प्रदीप ज्ञवाली

फाइल।


नेपालखबर
फागुन १८, २०७९ बिहिबार ६:४२, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने अभियानमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि लाग्नुपर्ने बताएका छन्। 

एमाले तनहुँको आयोजनामा बन्दीपुरमा सम्पन्न प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले पार्टीबाट निर्वाचित जनप्रतिनिधि जनतालाई सुखी बनाउने अभियानमा लाग्नुको विकल्प नभएको उल्लेख गरे।

नेपालीको राष्ट्रिय आकाङ्क्षा र पार्टी र जनप्रतिनिधिको भूमिका विषयमा उनले प्रशिक्षण दिएका हुन्।

नेता ज्ञवालीले पार्टीबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले यही मूलमन्त्रलाई शिरोधार्य गरी काम गर्न आग्रह गरे।

उनले जनताका मुद्दा सम्बोधनका लागि पार्टीले ग्रासरुट अभियान सुरु गरेको बताए। 

जनतासँग नजिक रहेर जनताका मुद्दा सम्बोधनका लागि पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको भन्दै उनले भने, ‘दुई महिनासम्म सञ्चालन हुने यो अभियानअन्तर्गत पार्टीका नेताहरु तल्लो तहसम्म पुगेर जनताका मुद्दा सम्बोधनमा लाग्नुहुन्छ।’

उपमहासचिव ज्ञवालीले वर्तमान राजनीतिक अवस्थाका कारण जनतामा सिर्जित भएका निरासा अन्त्य गराउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए। 

ज्ञवालीले देशमा हाल तीन वटा समस्या रहेको दाबी गर्दै ती समस्याबाट जनतालाई मुक्त गराउनुपर्ने उल्लेख गरे।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव पद्मा अर्यालले अवसरवाद र सङ्गठनात्मक अराजकताविरुद्ध वैचारिक सङ्घर्षका बारेमा सहजीकरण गरेका थिए। 

त्यस्तै केन्द्रीय सदस्य सीमा क्षेत्रीले अन्य पार्टीसँग एमालेको वैचारिक भिन्नता, गण्डकी प्रदेश कमिटी सदस्य केदार सिग्देलले सदस्यको काम, कर्तव्य र अधिकार र कार्यशैली माक्र्सवादी दृष्टिकोणकाबारेमा सहजीकरण गरेका थिए।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन मङ्गलबार केन्द्रीय सदस्य भगवती न्यौपानेले मिसन ग्रासरुट र उद्देश्य, केन्द्रीय सदस्य घनश्याम कोइरालाले नेतृत्व र प्रस्तुतीकरण विषयमा सहजीकरण गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .