ad ad

राजनीति


मानवाधिकार उच्च आयुक्त टर्क र सल्लाहकार कोइरालाबीच भेटवार्ता

मानवाधिकार उच्च आयुक्त टर्क र सल्लाहकार कोइरालाबीच भेटवार्ता

नेपालखबर
फागुन १८, २०७९ बिहिबार ८:२४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का शान्ति तथा मानवाधिकार सल्लाहकार गोविन्दप्रसाद शर्मा कोइरालाले संयुक्त राष्ट्रसङ्घ मानवाधिकार परिषद्का उच्च आयुक्त भोल्कर टर्कसँग भेटवार्ता गरेका छन्।

स्वीट्जरल्यान्ड जेनेभामा जारी परिषद्को ५२औँ सत्रका क्रममा उनीहरूबीच भएको भेटमा मानवाधिकारका क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको दूतावास÷स्थायी नियोगले जनाएको छ।

सो अवसरमा सल्लाहकार कोइरालाले नेपालले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउने दिशामा काम गरिरहेको र बेपत्ता पारिएका तथा सत्यनिरुपण मेलमिलापसम्बन्धी आयोग ऐनको नयाँ संशोधन विधेयक छिट्टै संसद्मा पेस हुने बताएका थिए। 

साथै, उनले शान्ति प्रक्रियामा उच्चायुक्तको कार्यालयको सहयोगको प्रशंसा गर्दै सङ्क्रमणकालीन न्याय प्रक्रियामा निरन्तर सहयोग गरेकामा धन्यवाद दिएका थिए।

भेटमा उच्चायुक्त टर्कले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउन आफूले निरन्तर सहयोग गर्ने आश्वासन दिएका थिए। भेटमा मानव अधिकारका लागि सहायक महासचिव इल्जे ब्रान्ड्स केहरिस र परिषद्को एसिया प्यासिफिक शाखाका प्रमुख रोरी मुंगोभेन सहभागी थिए।

साथै सल्लाहकार कोइरालाले अष्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्ससँग भेटवार्ता गरेका थिए। 

भेटमा उनीहरुबीच द्विपक्षीय र बहुपक्षीय सहयोगलाई मजबुत बनाउने विषयमा छलफल भएको नियोगले जनाएको छ।

यसैगरी आज परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले मानवअधिकार परिषद्को विकासको अधिकारसम्बन्धी घोषणापत्रको ३५औँ वार्षिकोत्सवको उपलक्ष्यमा उच्चस्तरीय बैठकमा मन्तव्य दिएका थिए।

सो अवसरमा उनले ‘कसैलाई पछाडि नछोड्ने’ साझा आकाङ्क्षा हासिल गर्नका लागि विकासको अधिकारलाई विश्वव्यापी र अपरिहार्य अधिकार बनाउन सदस्य राष्ट्रबीच सहमति जुटाउन कार्यक्रमले योगदान पुर्‍याउने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .