ad ad

राजनीति


कोशीका १५ क्याम्पसमा स्ववियु नेतृत्व सर्वसम्मत, ११ मा अनेरास्ववियु, २ मा नेविसंघ

कोशीका १५ क्याम्पसमा स्ववियु नेतृत्व सर्वसम्मत, ११ मा अनेरास्ववियु, २ मा नेविसंघ

धनकुटा क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति भएका सन्तोष बुढाथोकी


नेपालखबर
फागुन २९, २०७९ सोमबार १९:५, विराटनगर

कोशी प्रदेशका  १५ वटा क्याम्पसमा सर्वसम्म स्ववियु सभापति निर्वाचित भएका छन्।

यही चैत ५ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए ।

ती क्याम्पसमा सर्वसम्मत निर्वाचित हुनेमा नेकपा एमाले निकट अनेरास्ववियुबाट ११, नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघबाट ३ र माओवादीनिकट अखिल क्रान्तिकारीबाट एकजना रहेका छन्।

जसमा अनेस्ववियुबाट धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस धनकुटा, पाख्रीबास क्याम्पस धनकुटा, बुद्धुक क्याम्पस धनकुटा, ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, पिण्डेश्वर क्याम्पस धरान, गरामुनि क्याम्पस बिर्तामोड, एकतोप्पा क्याम्पपस इलाम, गरुवा क्याम्पस इलाम, संखुवासभा बहुमुखी क्याम्पस र मादी क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति निर्वाचित भएका छन् ।

यस्तै नेविसंघबाट जीतपुर क्याम्पस धनकुटा, तल्लो गोकर्णेश्वर क्याम्पस धनकुटा र पाँचथर बहुमुखी क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएका छन्। 

पाँचथरको रवि क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन्।

कोशी प्रदेशका बाँकी ५० वटा क्याम्पसमा निर्वाचन हुने भएको छ। कोशी प्रदेशमा सरकारी,सामुदायिक र नीजि गरि ६५ क्याम्पस रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .