नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनबारे आगामी चैत १९ गतेमात्र निर्णय गर्ने भएको छ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बारा–२ को उपनिर्वाचनबारे १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समिति बैठक बसेर निर्णय लिइने छ।
बिहीबार (१६ चैत) बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।
आगामी वैशाख १० गते देशका ३ वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। जसमध्ये तनहुँ–१ र चितवन–२ मा कांग्रेसले उम्मेदवार तय गरिसकेको छ।
चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ।
30
Shares
प्रतिक्रिया