ad ad

राजनीति


राजनीतिक अस्थिरता अन्त्य नगरी दिगो विकास सम्भव छैन : पोखरेल

राजनीतिक अस्थिरता अन्त्य नगरी दिगो विकास सम्भव छैन : पोखरेल

फाइल तस्वीर


नेपालखबर
चैत १९, २०७९ आइतबार १६:५७, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन्।

आइतवार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

महासचिव पोखरेलले नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धन हुँदा मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहित गर्ने, कालोबजारी, तस्करी लगायतका गतिविधिलाई प्रोत्साहित गर्दा अर्थतन्त्रको अवस्था दयनीय बनेको बताए।

उनले भने, ‘५ दलीय गठबन्धनले मुलुकमा एउटा आर्थिक अवस्थामा जटिलता सिर्जना गर्ने काम गर्यो। त्यो भनेको यो मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहीत गर्ने, कालोबजारी, तस्करी अवैध अर्थतन्त्रको प्रोत्साहित गर्ने, क्रियाकलापका कारणले नेपालमा राष्ट्र बैंकले जारी गरेका नोटहरु अचानक बजारबाट हराए। न बैंकमा नेपाली रुपैयाँ पाउँछ, न बजारमा नेपाली रुपैयाँ पाउँछ। एकप्रकारले मुलुकमा मौद्रिक तरलताको संकट ल्याउने काम तत्कालीन सरकारले गरेको छ। कांग्रेस, माओवादी नेतृत्वको सरकारले गरेको छ। त्यो प्रमाणित भइसकेको छ।’

उनले मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए। उनले एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन नसक्ने दाबी गरे।

उनले भने, ‘त्यस्ता समस्याको समाधान गर्ने सामथ्र्य कसैले गर्छ भने त्यो एमालेले मात्रै गर्छ। हामीले नेकपा एमालले देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्नेछ। मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य नगरिकन दिगो विकासको आधारशीला तयार गर्न सकिँदैन। एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन सक्दैन। मुलुकलाई अघि बढाउन नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा विकसित गर्न जरुरी छ।’  

महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन नसक्दा देश बन्न नसकेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .