ad ad

राजनीति


बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार

बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार

फाइल तस्बिर : पुरुषोत्तम पौडेल


नेपालखबर
चैत २०, २०७९ सोमबार ८:२६, काठमाडौँ

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा–२ मा नेकपा एमालेले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बारा-२ काे उपनिर्वाचनका लागि पार्टीले पाैडेललाई टिकट दिएको पुष्टि गरे। 

यसअघि शनिबार बसेको एमाले सचिवालय बैठकले चितवन–२ र तनहुँ–१ का लागि उम्मेदवार तय गरिसकेको छ। 

०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका पौडेल २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए।

प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर–२ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने भएको छ।

जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेवार बनाउने तयारी गरेको छ। 

एमालेको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उमेदवार बनाउने निर्णय गरेको छ।

एमालेका अनुसार तीनवटै क्षेत्रमा एमालेका आधिकारिक उम्मेदवारले आज मनोनयन दर्ता गर्ने कार्यक्रम छ। 

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता प्रकरणका सांसद पदबाट बर्खास्त भएपछि रिक्त ती क्षेत्रमा उपनिर्वाचन गरेर पदपूर्ति गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .