प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
बैठक बानेश्वरस्थित संसद भवनमा बसेको हो।
गत शुक्रवार दलीय प्रतिनिधित्वका आधारमा कार्य व्यवस्था परामर्श समिति गठन भएसँगै पहिलो पटक कार्यव्यवस्था समितिको बैठक बसेको हो।
कार्य व्यवस्था समितिको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरुको उपस्थिति छ।
बैठकमा प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौदा समिति गठन लगायतमा छलफल चलिरहेको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ।
15
Shares
प्रतिक्रिया