ad ad

राजनीति


केपी ओलीलाई भाइरल ज्वरो, चुनावी कार्यक्रममा जाने अनिश्चित

केपी ओलीलाई भाइरल ज्वरो, चुनावी कार्यक्रममा जाने अनिश्चित

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८० आइतबार १७:३५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। भाइरल ज्वरोका कारण ओलीको स्वास्थ्यमा समस्या आएको हो।

ज्वरोका कारण उनलाई अहिले चिकित्सकहरुको सल्लाहअनुसार एन्टिबायोटिक औषधि दिइएको छ। उनी अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन्। 

भाइरल ज्वरोका कारण ओली वैशाख १० मा हुने उपनिर्वाचनअघि चितवन, तनहुँ र बारा जाने अनिश्चित भएको छ। 

'भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ। अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु', उनले आइतवार भनेका छन्, 'तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन।'

उनले तनहुँ–१ मा सर्वेन्द्र खनाल, चितवन–२ मा रामप्रसाद न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई एमालेले उम्मेदवार बनाएको बताउँदै उनीहरु जनप्रतिनिधि हुन योग्यन रहेको पनि बताएका छन्। 

‌ओलीले आइतवार सामाजिक सञ्जालबाटै उनीहरु तीनैजनालाई विजयी गराउन पनि मतदातालाई अपील गरेका छन्। 

'स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु', उनले भनेका छन्, 'तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .