प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवलाई भोट माग्न बिहीबार बाराको गढीमाईमा आयोजित सत्ता गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यसो भनेका हुन्।
उपेन्द्र यादव देशको नेता भएकाले संसदमा चाहिने उनले बताए।
‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो। मधेशले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो। समग्र परिवर्तनका मुद्दाले जित्नु हो,' उनले भने, 'संविधान र लोकतन्त्रको रक्षा र समृद्धिका लागि गठबन्धन बनेको हो। त्यसैले उपेन्द्रजीलाई जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पारौँ।’
39
Shares
प्रतिक्रिया