नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गरे। कम्युनिष्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको पनि उनले बताए।
‘अहिले नेपालको राजनीतिमा वा कम्युनिष्ट आन्दोलनमा भन्ने हो भने एकभारी विकृतिहरू विद्यमान छन्। व्यक्तिवादको रोग लागेको छ,’ उनले भनेका छन्, ‘भ्रष्टिकरणको प्रवृत्ति व्याप्त रहेको छ। सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ। अरुलाई मान, सम्मान, मर्यादा गर्ने होइन, अरु सबैलाई बडो अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति
व्याप्त छ।’
उनले सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको पनि बताए। अरुलाई मान, सम्मान, मर्यादा गर्ने नभइ सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको नेपालले दाबी गरे।
उनले कसरी असल संस्कार भएका कम्युनिष्ट बन्ने भन्नेबारेमा वृहत छलफल र वहस गर्न जरुरी रहेको बताए।
‘यी सबै कुराको सन्दर्भमा हामी कसरी असल संस्कार भएका कम्युनिष्ट हुनसक्छौँ, असल भावना भएका कम्युनिष्ट हुनसक्छौँ?’, उनले भने, ‘कस्तो किसिमको आदर्शलाई हामी अंगिकार गर्न चाहन्छौँ, यी सबैमा खुला बहस गर्न आवश्यक छ।’
अध्यक्ष नेपालले सच्चा कम्युनिस्टहरू एक ठाउँमा मिल्नुको विकल्प नरहेको जिकिर गरे।
Shares
प्रतिक्रिया