ad ad

राजनीति


चितवन–२ : भरतपुरको मतगणना जारी, ११ हजार मतान्तरले रविको अग्रता

चितवन–२ : भरतपुरको मतगणना जारी, ११ हजार मतान्तरले रविको अग्रता

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ०:४४, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार पार्टी सभापति समेत रहेका लामिछानेले १५ हजार ८७४ मत प्राप्त गरेका छन्। 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ३ हजार ९९९ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जितनारायण श्रेष्ठले ४ हजार १४५ मत प्राप्त गरेका छन्।

अहिलेसम्म २४ हजार ७७९ मत गणना सकिएको छ। लामिछाने र न्यौपानेबीचको ११ हजार ७२९  को मतान्तर छ। 

अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .