ad ad

राजनीति


सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय

सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय

नेपालखबर
बैशाख १२, २०८० मंगलबार २१:११, काठमाडौँ

सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको छ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए। 

बैठकले काठमाडौं-तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय पनि गरेको छ।

मन्त्री ज्वालाले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको गुणस्तर नापतौल सम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बताए।

मन्त्री ज्वालाले जग्गा कित्ता काट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .