नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले भर्खरै सम्पन्न उपनिर्वाचनले पार्टीको चरित्र र गतिशीलता पुन:स्थापति गर्नुपर्ने सन्देश दिएको बताएका छन्।
उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा विजयी उम्मेदवारहरुलाई बुधबार शुभकामना दिँदै उनले यसको परिणामले कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापना गर्नुपर्ने सन्देश दिएको बताएका हुन्।
‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्ययप्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताका लागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’, रिजालले ट्विटरमा लेखेका छन्, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रस्ट छ।’
वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, तनहुँ–१ बाट सोही पार्टीका वाग्ले र बारा–२ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्।
Shares
प्रतिक्रिया