नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी भागेर भारतमा पुगेको प्रमाण आफूसँग रहेको पूर्व गृहमन्त्री समेत रहेका सांसद रवि लामिछानेले दाबी गरेका छन्।
शुक्रबार संसदमा विशेष समय लिएर बोल्ने क्रममा उनले कोइरी भारतमा रहेको र त्यहाँ पक्राउ परेको प्रमाण आफूसँग रहेको बताएका हुन्।
सभामुखले कोइरी बिरामी रहेको बताएपछि संसद बैठकमा हो-हल्ला भएको थियो। एमाले सांसद कोइरी एम्बुलेन्सबाट बिरामी थुतेर हत्यामा संलग्न हुन्।
पक्राउ पर्ने डरले उनी फरार छन्। तर शुक्रबार सभामुखले उनी बिरामी रहेको बताएपछि बैठकमा विरोध भएको थियो।
सभामुखको प्रस्तावको एमालेबाहेकका दलले विरोध गरेका छन्।
रास्वपा सभापति लामिछानेले भने, ‘उहाँ बिरामी परेको होइन, उहाँ फरार अभियुक्त हो। हामीले खोजिगरिरहँदा उहाँको सालोले भारतबाट तस्बिर पनि पठाएका थिए। उहाँ भागेर गएको ठाउँ र त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको तस्बिर पनि म सँग सुरक्षित छ।’
रविले भने, ‘यो गरिमामय संसदले एउटा फरार अभियुक्तलाई बिरामी भनेर करार गर्ने हो भने लोकतन्त्रमा योभन्दा ठूलो मजाक केही पनि हुँदैन। यो हास्यास्पद श्रृंखला बन्द गर्नुपर्छ।’
अब नयाँ पुस्ताका राजनीतिज्ञहरु पनि राजनीतिमा आएकाले राजनीतिका नाममा लाजनीति सदनमा नचलाउन पनि उनले आग्रह गरे।
उनले भने, ‘यसलाई म सचेत गराउन चाहन्छु। अन्य बिरामीसाथीहरु जो हुनुहुन्छ उहाँहरुप्रति हाम्रो सदभाव छ। तर बिरामीप्रति हामीले कामना गरिरहँदा हाम्रो कामना फरार अभियुक्तमाथी नजाओस् म गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहन्छु।’
छानविन समिति गठन हुने वा विशेष रुलिङ सभामुखबाट हुने अपेक्षा पनि लामिछानेले गरे।
सदनले यस्ता अभियुक्तलाई बिरामीको सन्ध्या दिएर बिरामी करार गरेर यो भद्दा मजाक आगामी दिनमा कहिले नगर्न लामिछानेले भने। यसलाई अत्यन्त गम्भीरतापुिर्वक संसदले राख्नु पर्ने उनको माग छ।
Shares
प्रतिक्रिया