ad ad

राजनीति


सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८० बुधबार ११:३३, काठमाडौँ

आज (बुधबार) सत्ता गठबन्धनको बैठक बस्दै छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास (बालुवाटार) मा बस्नेछ।  

बैठकमा सरकारलाई पूर्णता दिने, आगामी वर्षको नीति र कार्यक्रम ल्याउने र बजेट तयारीबारे छलफल हुने उनले जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्डले आठौँपटक विस्तार गर्दा पनि मन्त्रिपरिषद् अझै अधुरै छ। अझै पाँच मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .