सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवशेन आह्वानका लागि राष्ट्रपति समक्षा सिफारिस गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वैशाख २४ गते ४ बजेका लागि बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइन्।
बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
24
Shares
प्रतिक्रिया