ad ad

राजनीति


बुधबार काठमाडौं आउन टिकट काटेका थिए, छोरा समातिएपछि विमानस्थल नै गएनन्

बुधबार काठमाडौं आउन टिकट काटेका थिए, छोरा समातिएपछि विमानस्थल नै गएनन्

फाइल तस्बिर।


नेपालखबर
बैशाख २१, २०८० बिहिबार ८:९, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत सांसद टोपबहादुर रायमाझी गृहजिल्ला अर्घाखाँचीमै रोकिएका छन्।

बुधबार नै भैरहवा विमानस्थलबाट काठमाडौं आउन ठीक्क परेका सांसद रायमाझी छोरा सन्दीप समातिएपछि रोकिएका हुन्।

प्रहरी स्रोतकाअनुसार बुधबार बेलुकाको उडानबाट उनी काठमाडौं आउने तयारीमा थिए। उनले अन्तिम समयमा टिकट क्यान्सिल गरे।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्ने गिरोहसँग बाबुछोराको नाम पनि जोडिएको छ। टोपबहादुर-सन्दीपको नाम मुछिएपछि बुधबार उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएका थियो।

बुधबार साँझ नै बुटवलबाट समातिएका छोरा सन्दीपलाई आज काठमाडौं ल्याइँदैछ। उनलाई प्रहरीले भैरहवा विमानस्थल पुर्‍याइसकेको छ भने मौसम प्रतिकूल हुँदा उडान प्रभावित भएको छ। आजै जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।

सांसद टोपबहादुर भने गृहजिल्ला अर्घाखाँचीमै छन्। बुधबार भैरहवा हुँदै काठमाडौं आउने तयारी गरेका उनले सन्धिखर्कमा पत्रकार सम्मेलन गरी आरोप अस्वीकार गरेका थिए।

उनले ५ करोडभन्दा धेरै ठगी प्रकरणमा जोडिएका दुईजना व्यक्तिसँग घुम्न गएकोबाहेक अरु कुनै साइँनो नरहेको दाबी गरे।

‘मैले दुईजना मान्छेलाई चिन्थेँ। घुम्न जाने नाममा गएका हौँ। ती चिनेका मान्छेहरुसँग घुम्न जाँदा फोटो खिचेको हो’, उनले भने, ‘त्यसबेला मेरो छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटेको रहेछ। त्यसपछि मेरो छोराको नाममा डेढ करोडको चेक काटेको कुरा आएको थियो। चेक खारेज हुन्छ भन्ने पनि थाहा थिएन।’ 

उनले चेक अहिलेसम्म नसाँटेको पनि बताएका थिए।

हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।

उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ। बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव  टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।

यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनीहरू हाल फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .