ad ad

राजनीति


राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुन बेलायतर्फ परराष्ट्रमन्त्री साउद

राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुन बेलायतर्फ परराष्ट्रमन्त्री साउद

नेपालखबर
बैशाख २१, २०८० बिहिबार ११:५४, काठमाडौँ

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालको तर्फबाट सहभागिता जनाउन परराष्ट्रमन्त्री एनपी साउद बेलायत उडेका छन्।

बिहान ११ बजेको उडानमार्फत उनी श्रीमती ज्योत्सना र स्वकिय सचिव दीपककुमार जोशीका साथ बेलायत लागेका हुन्।

राज्याभिषेकमा सहभागी भई २६ वैशाखमा साउद काठमाडौं फर्किने स्वकिय सचिव जोशीले जानकारी दिए।

चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम थियो। तर पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि लामो समय भारतमा उनको उपचार गरिएको थियो। हालै काठमाडौं फर्किएका पौडेलको स्वास्थ्य प्रतिकूलताका कारण साउदले सहभागिता जनाउन लागेका हुन्।

वैशाख २३ गते (मे ६ तारिख) मा बेलायती राजा चार्ल्स तृतीयको बकिङ्घम दरबारमा राज्याभिषेक कार्यक्रममा तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .