सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले नेपाल बार एशोसियशनका प्रतिनिधि तथा अधिवक्ताहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दिउँसो सत्ता गठबन्धनका शीर्ष नेताहरूले अभिवक्ताहरूसँग छलफल गरेका हुन्।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति थियो।
नेपाल बार एशोसियसनकी महासचिव अन्जिता खनालका अनुसार नागरिकता विधेयकको विषयमा पनि छलफल भएको थियो। संसद्बाट एकपटक सकारात्मक तरिकाबाट गइसकेको विधेयक भएका कारण राष्ट्रपतिले प्रमाणीकरण गर्नसक्ने राय आफूहरुले दिएको उनले बताइन्।
‘संविधानको इस्युलाई अघि बढाउने सन्दर्भमा लिगल्ली के छ भन्ने विषयमा दृष्टिकोण मागिएको थियो। हामी नेपाल बारका प्रतिनिधिले यसबारे सुझाव दिएका छौं,’ उनले भनिन्।
Shares
प्रतिक्रिया